राज्यसत्ता ,
पाल्पा ,पुष १४-राज्यसत्ता डट्कमका बिशेष सहयोगी एवम श्रीनगर एफ एम पाल्पाका स्टेशन म्यानेजर देब पचभैया शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पा द्वारा समानित हुनुभएको छ ।

पाल्पामा सँञ्चार क्षेत्रमा पुयाएको योगदानको उच्च मुल्याकन गदै शक्तिराज रेग्मी सञ्चार सेवा पुरस्कार बाट उहाँलाई सम्मान गरीएको हो । उहाँले लामो समय देखि राज्यसत्ता डट्कममा सहयोग गर्दै आउनु भएको छ । साप्ताहिक राज्यसत्ता,राज्यसत्ता द्धैमासिक,मासिकमा पनि स्थापनाकाल देखि कामगर्नु भएको पचभैया राज्यसत्ता लगायत बिभिन्न मिडियालाई सहयोग पुर्याउदै आईरहनु भएको छ।
प्रतिष्ठानले पन्ध्रौ वार्षिक दिवस तथा कवि कुलमणि देवकोटाको ९२ औं जन्मजयन्ती समारोहको अवसरमा विभिन्न व्यक्तिहरुलाई शनिबार तानसेनमा सम्मान सहित छात्रवृत्ति प्रदान गरिएको थियो ।
