नेपाल बन्दको मुलुकभर प्रभाव , बन्दको विरोधमा राजधानीमा मोटरसाइकल र्‍याली

Read Time:1 Minute, 59 Second

काठमाडौँ, १० जेठ

नेकपा¬–माओवादी (मातृका यादव समूह) द्वारा आज आह्वान गरिएको नेपाल बन्दको विरोध गर्दै व्यवसायीले राजधानीमा मोटरसाइकल र्‍याली निकालेका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशकुमार बस्नेतले विभिन्न समूहबाट पटकपटक हुने बन्दले सम्पूर्ण नागरिकको अधिकार कुण्ठित हुने भएकाले यसका विरुद्ध लाग्नुपर्ने उल्लेख गर्दै भोलिदेखि सम्पूर्ण औद्योगिक क्षेत्र खुला राख्ने बताए  ।
सो ¥यालीलाई समापन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज बैद्यले नयाँ संविधानमा सधैँका लागि बन्द हडताल निषेध गरी नागरिक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए । 
¥यालीका सहभागीहरूले संविधान चाहिएको छ, बन्द होइन, गरिखान पाउनुपर्र्छ, बन्द सधैँका लागि बन्द गराँै भनी लेखिएका विभिन्न प्लेकार्ड बोकेका थिए ।

नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, ठमेल विकास परिषद्लगायत विभिन्न व्यवसायी सङ्घसंस्थाद्वारा संयुक्तरूपमा आयोजित सो ¥याली ठमेलको त्रिदेवी मार्गबाट सुरु भएर दरबारमार्ग, जयनेपाल, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, त्रिपुरेश्वर, जावलाखेल पुगी त्यहाँबाट फर्केर नयाँसडक, जमल हुँदै समारोहस्थलमा आएर सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %