जेष्ठ ७
राष्ट्रिय युवा मोर्चा क्षेत्र नं १ रुपन्देहीको प्रथम भेला आज केरवानीमा सम्पन्न भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीका क्षेत्रीय अध्यक्ष धन बहादुर थापाको अध्यक्षता, बोम बहादुरको स्वागत र भिम विरकट्टको संचालनमा भएको भेलामा राष्ट्रिय यूवा मोर्चाका महासचिव सुन्दर गुरुङ्ग, केन्द्रीय सदस्य शंकर गाहा, विद्यार्थी मोर्चा रुपन्देहीका अध्यक्ष श्रीधर राना, डम्वर बहादुर थापा, हुम बहादुर डिसुवा, पहल सिं राना लगायतले बोलेकाथिए ।
भेलाले निरज रानाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा तारा राना, सचिवमा शोभा गाहा, सहसचिवमा खुम बहादुर परियार र कोषाध्यक्षमा कल्पना थापा चयन भएकाछन् ।अन्य सदस्यहरुमा नानु राना, कमला थापा, गुडडी सिं ठकुरी, निर्मला आले, सुमन दलार्मी, विनोद थापा, मिलन राना, शिव बुर्जा, मुकेश बुर्जा र सुनिता खासु छन् ।
गोविन्द घर्ति देवदह