–माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति कोइरालाबीच भेटघाट, संविधान सभाको म्याद थप्न १० बुद्धे मार्गचित्र पूरा गर्नु पर्ने कांग्रेसको अडान

Read Time:2 Minute, 14 Second

 

काठमाडौँ, ७ जेठ

नेपाली काँग्रेसका सभापति सुशील कोइराला र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच शान्तिप्रक्रिया कार्यान्वयन र संविधानसभाको म्याद थपका बारेमा कोइराला निवास महाराजगन्जमा आज बिहान छलफल भएको छ । 

“काँग्रेसले सार्वजनिक गरेको शान्तिप्रक्रिायलाई पूरा गर्ने १० बुँदे मार्ग चित्रकै विषयमा कुरा भएको हो,” भेटपछि काँग्रेस उपसभापति पौडेलले वताए ।  
भेटमा काँग्रेसले आफनो १० बुँदे मार्गचित्र पूरा गर्नुपर्र्ने अडान माओवादीसमक्ष राखेको थियो । शान्तिप्रक्रिया कार्यान्वयनको आफ्नो एजेन्डा काँग्रेसले माओवादीसँग राखेको थियो ।

प्रधानमन्त्री एवम नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, मधेसी जनअधिकार फोरमका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादव र माओवादी अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका नेताहरुबीच भएको भेटघाटपछि माओवादी अध्यक्ष दाहालले महाराजगन्ज पुगेर सभापति कोइरालासँग कुरा गरेका हुन् । 
त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा काँग्रेस र माओवादीका शीर्ष नेताबीच कुराकानी भएको हो । दुवै पक्षले आ–आफनो अडान राखेकाले कुनै सहमति हुन नसकेको वताइएको छ । 
शान्तिप्रक्रिया पूरा गर्न १० बुँदे मार्गचित्र कार्यान्वयन नभएसम्म यथास्थितिमै संविधानसभाको म्याद नथप्ने सर्त काँग्रेसले शुक्रबार आमसभामार्फत घोषणा गरेको थियो ।
सो भेटमा काँग्रेसका उपसभापति रामचन्द्र पौडेल पनि सहभागी थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %