संविधानसभाको म्याद थप अमान्य :संयुक्त लोकतान्त्रिक मोर्चा

Read Time:1 Minute, 24 Second

जनकपुरधाम, ६ जेठ
 संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले प्राविधिक बहुमतको समर्थनमा थप गरिएको संविधानसभा औचित्यहीन हुने बताएका छन् ।

मोर्चाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले दुईतिहाइ बहुमतका समर्थनमा संविधानसभाको म्याद थप्ने कार्य मोर्चालाई मान्य नहुने बताएका हुन् ।

तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सङ्घलाई अस्वीकार गरिएको संविधान मधेसी हितविपरीत हुने भएकाले मधेसी नेताहरु संविधानसभामा बस्नुको कुनै अर्थ छैन भने  ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारले यथास्थितिमा संविधानसभाको म्याद थप्न नसकिने बताए ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बहुमतीय आधारमा सरकारमा सहभागी नहुने सन्दर्भमा मधेसवादी दल सजग रहनु जरुरी छ भन्दै मधेसीको अधिकार सुनिश्चित गर्न सडक सङ्घर्षको सम्भावना बढ्दै गएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %