काँग्रेसको प्रस्ताव स्वीकार्य छैन : माओवादी उपाध्यक्ष श्रेष्ठ

Read Time:3 Minute, 8 Second

काठमाडौँ, ४ जेठ

एनेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानसभाको म्याद बढाउन नेपाली काँग्रेसले ल्याएको माओवादी सेना समायोजनको मोडालिटी, सङ्ख्या, मापदण्ड र पुनःस्थापनको शर्त समय एवम् विषयवस्तुको दृष्टिले स्वीकार्न नसकिने बताएका छन् । 

अर्को एक प्रसङ्गमा उपाध्यक्ष श्रेष्ठले यही सरकारलाई राष्ट्रियस्वरूप दिनुपर्ने आवश्यकता औँल्याउँदै तर सबै कुरामा खुला भएर छलफल गर्न आफूहरु तयार भएको बताए । 
उनले नेकपा (माओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईमाथि ज्यान मार्ने धम्की आउनु दुःखद घटना हो भन्दै यो घटनाको छानबिन गरी त्यसमा कोही दोषी देखिए पार्टीले हदैसम्मको कारबाही गर्ने अठोट व्यक्त गरे ।  “यसअघि थपिएको समय निरर्थक बित्यो, अब पनि थपिएको समयमा शान्ति र संविधानको कार्यभार पूरा हुन्छ भन्ने प्रतिबद्धता हरहालतमा गरेर त्यस आधारमा संविधानसभाको म्याद थप्नुपर्छ,” उनले भने । बाँकी रहेको दस दिनमा शान्ति र संविधानको सबै काम पूरा गर्न असम्भव भएकोले संविधानसभाको म्याद थप गर्नु जरुरी रहेको उनको भनाइ थियो । 
संविधानसभाको म्याद नथप्नु देशलाई दुर्घटनाको शिकार बनाउनु हो भन्दै उपाध्यक्ष श्रेष्ठले थपिएको समयमा शान्ति र संविधान बन्न सक्छ भन्ने विश्वसनीय आधार भने जनतासमक्ष प्रस्तुत गर्नु जरुरी छ भने  ।

“माओवादी सेना समायोजनबारे नेपाली सेनाले ल्याएको अनौपचारिक प्रस्ताव सकारात्मक छ, यसअघि पार्टीले ल्याएको सङ्ख्या, मापदण्डसहितको कार्यतालिका र संविधानको एकीकृत मस्यौदाको रूपरेखासहित बाँकी रहेका विवादित विषयमा सहमति गराँै,” उपाध्यक्ष श्रेष्ठले भने  । 
रिपोर्टर्स क्लब नेपालद्वारा आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले माओवादी सेना समायोजन र पुनःस्थापनबारे पार्टीले छिट्टै ठोस खाका प्रस्तुत गर्ने जानकारी दिए  ।

उनले काँग्रेसले शान्ति एवम् संविधानको प्रक्रिया अघि बढाउन नभै धम्क्याउन यस्तो शर्त ल्याएको हो भने त्यस्तो प्रस्ताव परीत्याग गर्न आग्रह गर्दै तर सामूहिक छलफल गरेर सहमतिमा अघि बढ्न माओवादी तयार रहेको बताए  । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %