ठोस आधार भए म्याद संविधान सभाको म्याद थप गर्न सकिन्छ : संयुक्त मधेशी लोकतान्त्रिक मोर्चा

Read Time:1 Minute, 48 Second

पर्सा,  ४ जेठ 
शान्ति प्रक्रिया र संविधान जारी गर्ने विषयमा ठोस आधार देखिए संविधानसभाको म्याद थप गर्न सकिने तर वर्तमान अवस्थामा भने यस्तो कुनै सङ्केत नदेखिएको संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाका नेताहरुले बताएका छन् ।

कार्यक्रममा मधेसी नेताहरुले माओवादीका जति लडाकु सेनामा समायोजन गरिन्छ, त्यति नै मधेसी युवाहरुलाई पनि समूहगतरुपमा सेनामा प्रवेश गराउनुपर्ने मागसमेत गरेका छन् । 
सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले सत्ता र भत्ताका लागि अब संविधानसभाको म्याद थप्न नहुनेमा जोड दिए  । 

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले आफूहरुहरुको सहमतिबिना संविधानसभाको म्याद थपिएकोमा त्यो मान्य नहुने बताए  । पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले ठूलो बलिदानबाट संविधानसभा स्थापना भएका कारण यसको रक्षा गर्ने दायित्व सबै दलको भएको बताए । 
मधेसी पत्रकार समाजले आज बिहान यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मोर्चामा आबद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सो कुरा बताए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %