शान्ति, संविधानको सुनिश्चितबिना म्याद थप्नु निरर्थक : प्रकासमान सिंह

Read Time:2 Minute, 24 Second

काठमाडौँ, ४ जेठ 
नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले शान्ति र संविधान प्रक्रियासहित वर्तमान राजनीतिक सङ्कटलाई निकास दिन काँग्रेसले जेठ ६ गते काठमाडौँमा हुने बृहत् आमसभामा आफ्नो बटमलाइन सार्वजनिक गर्ने बताएका छन्  । 

नेपाली काँग्रेसले वैशाख ११ बाट सुरु गरेको देशव्यापी आमसभा पोखरा, झापा, सर्लाही, बुटवल, दाङ, कञ्चनपुर र ३७ जिल्लामा सम्पन्न गरी काठमाडौँमा व्यापक जनसहभागितामा अन्तिम आमसभा गर्न लागेको नेता सिंहले बताए  । देशव्यापीरुपमा गरेका काँग्रेसका आमसभामा लाखौँ जनताको सहभागिता रहेको उनले बताए । 

“एमाले माओवादीबीच भएको अपवित्र गठबन्धनको सातबुँदे सहमति खारेज नभैकन वर्तमान राजनीतिले निकास दिँदैन,” महामन्त्री सिंहले भने  । शान्ति प्रक्रिया र संविधान निर्माणको आधार सुनिश्चित नभैकन संविधान सभाको म्याद थप्नुको कुनै अर्थ नरहेको पनि नेता सिंहको भनाइ थियो । 
सरकारलाई समेत पूर्णता दिन नसकेको वर्तमान माओवादी एमाले गठबन्धन सरकारले अजुर्नदृष्टिका नाममा आफ्नो काम शान्ति र संविधान भने पनि कसैले पत्याउनेवाला नभएको महामन्त्री सिंहले बताए । 
नेपाली काँग्रेसले गर्न लागेको आमसभाबारे जानकारी दिने उद्देश्यले आफ्नै निवास क्षेत्रपाटी चाक्सीबारीमा बुधबार आयोजित पत्रकार भेटघाटमा नेता सिंहले काँग्रेसकै अभियानमा सुरु भएको शान्ति प्रक्रियालाई पूर्णता दिने काम पनि काँग्रेसकै भएको बताए  । 
उनले सङ्कटपूर्ण वर्तमान राजनीतिक घडीमा लोकतन्त्र, शान्ति र राजनीतिक स्थिरताका लागि काँग्रेसले गर्ने आमसभामा उपस्थित भएर ऐक्यबद्धता जनाउन आग्रह पनि गरे । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %