पोखराका किराँतहरुले उभौली पर्व धुमधामका साथ मनाए

Read Time:2 Minute, 22 Second

पोखरा, ३ जेठ
बैशाखे पूर्णिमा अथवा चण्डी पूर्णिमाको अवसरमा आज पोखराका किराँतहरुले उभौली पर्व शान्ति बनबाटिकामा धुमधामका साथ मनाए । उभौली कार्यक्रमका प्रमुख अतिथी कास्कीका जिल्ला शिक्षा अधिकारी झुमप्रसाद राइले नयाँ बन्ने संविधानमा आदिवासी जनजातिका राजनितिक, आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार सुनिश्चित हुनु पर्ने बताए । राईले आदिवासी जनजातिका मौलिक सँस्कृति नै नेपालको साँस्कृतिक मौलिकता भएको दावी गरे ।
किराँत सेवा समाज कास्कीका अध्यक्ष गणेश देवानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष रिजन शेरचन, नेवा खल ः कास्कीका अध्यक्ष प्रकाशमान पालिखे, नेपाल मगर संघ कास्कीका अध्यक्ष पुर्णबहादुर रानामगर, नरेन्द्र कुमार राई, अरुण कुमार लिम्बु, गजेन्द्र सुब्बा लगायले मन्तव्य व्यक्त गरेकाथिए ।
किराँतका पुर्खा सुम्नीमा र पारुहाङ एंव प्रकृति पुजा गरी शुरु भएको उभौली पर्वमा साकेला नृत्य, च्याब्रुङ नृत्य, टम्बोला खेल, रस्साकस्सी लगायत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुति गरिएको थियो । कार्यक्रममा गतवर्षको भ्वाइस टीनका टप टेन प्रतिस्प्रर्धी नविन राईले गीतहरु प्रस्तुत गरेका थिए ।
खेतीवालीको समय भएकाले बेलैमा पानी परोस, खेतीवाली राम्रोसँग लगाउन पाइयोस, पशुपंक्षी, बन्यजन्तुले दुख नदिओस, प्राकृतिक विपत्ति नओस भनेर उभौलीमा किराँतहरुले प्रकृतिसँग कामना गर्दछन ।

हुम तमु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %