सविधान सभाको म्याद थप्नुको कुनै औचित्य छैन् ः यादव

Read Time:1 Minute, 38 Second

इनरुवा, चैत्र ३
शान्ति प्रक्रिया निष्कर्षमा नपुगेसम्म सविधान सभाको म्याद थप्नुको कुनै औचित्य नभएको तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवले वताएकाछन् । उनले सरकारले हालै संसद सचिवालयमा दर्ता गराएको एक वर्ष सविधान सभाको म्याद थपको प्रस्तावको विपक्षमा आफु र आफनो पार्टी रहेको वताएकाछन् । तराई मधेस लोकतान्त्रिक पार्टी नेपालको पहिलो सुनसरी जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्न सुनसरी सदरमुकाम इनरुवा आएका यादवले यस्तो कुरा वताएकाहुन् । यादवले एक वर्षको अवधिमा शान्ति प्रक्रिया र सविधान निर्माणको विषयमा प्रमुख दलहरुले केहि नगरेकोले पटक पटक सविधान सभाको म्याद थपको पक्षमा आफु नरहेको वताए ।
यदि सविधान सभाको म्याद थप नभए जेठ १४ पछि उत्पन्न हुने सवैधानिक परीस्थितीको जिम्मेवार मुख्य तिन दल एकीकृत नेकपा माओवादी ,नेपाली काग्रेस र नेकपा एमाले हुने यादवको भनाई थियो । माओवादीले सेना समायोजनको स्पप्ट खाकालाई सविधान सभाको म्याद थप हुन सक्ने वताए ।

देवकृष्ण यदाव, इनरुवा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %