प्रधानमन्त्री खनाल संविधान सभाको म्याद थप गर्न विभिन्न दलसँग भेटघाट गदै

Read Time:1 Minute, 31 Second

काठमाडौँ, २ जेठ

प्रधानमन्त्री झलनाथ खनालले संविधानसभाको म्याद थप गर्ने विषयमा विभिन्न राजनीतिक दलसँगको छलफललाई सोमबार पनि निरन्तरता दिएका छन् ।
। नेपाली कांग्रेस मधेस लोकतान्त्रिक मोर्चा लगायत केही साना दलहरुले संविधानसभाको म्याद  सम्बन्धमा फरक धारणा राखे पछि संकटमा परेको संविधान संशोधन विधेयक पारित गर्नका लागि दुई तिहाई बहुमत जुटाउन प्रधानमन्त्री खनालले छलफललाई तिव्र बनाएका हुन् ।
सोमवार  प्रधानमन्त्री खनालले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग छलफल गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो छलफलमा शान्ति प्रक्रिया, संविधान लेखन र संविधानसभाको म्याद थप गर्ने विषयमा छलफल भएको  थियो ।
संविधान सभाको म्याद थपका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र मधेसी मोर्चासहित अन्य साना दलले विरोध गरिरहेको समयमा प्रधानमन्त्री खनाल संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग सम्वादमा  जुटेका हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %