दलहरुबीच नयाँ सहमति नभए मुलुक गंम्भीर दुर्घटनामा : राष्ट्रपति यादव

Read Time:1 Minute, 29 Second

काठमाडौ, जेष्ठ २

राष्ट्रपति  रामवरण यादवले लोकतान्त्रिक व्यवस्थालाई स्थापित गर्नु अहिलेको प्रमुख चुनौती रहेको बताएका छन् । मुलुकको राजनीतिक अस्थिरताले लोकतन्त्र खतरामा परेको पनि उनले वताए ।

सोमबार साउथ एसियन म्यानेजमेन्ट फोरमको ललितपुरमा सुरु ११ औं सम्मेलनलाई सम्बोधन गर्दै यादवले दलहरुबीच तत्काल नयाँ सहमति नभए गंम्भीर दुर्घटना हुने बताए । नयाँ संविधानमा आर्थिक बहस चलि रहेका बेला व्यवस्थापन सम्बन्धि सार्क स्तरीय बैठक नेपालमा हुनु महत्वपूर्ण भएको राष्ट्रपतिले उल्लेख गरे ।

कार्यक्रममा सार्कका महासचिव फतेमा दियाना सहिरले नेपालमा आर्थिक स्थायीत्वका लागि व्याक्तिगत स्वतन्त्रताको माध्यमबाट आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा जोड दिनुपर्ने बताए । बैठकमा सार्क राष्ट्रका भौगोलिक पूर्वाधार र आर्थिक विकासका सम्भावनाबारे विभिन्न विज्ञका ६२ कार्यपत्र प्रस्तुत गरिनेछ । बैठक दुई दिन सम्म चल्नेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %