एकताका लागि तमु ह्युला छोंज धिं र तमु धिं नेपाल एकिकरण हुन तयार

Read Time:3 Minute, 53 Second

पोखरा, वैशाख ३१
एकताका लागि तमुहरुको केन्द्रिय सामाजिक संस्थाहरु तमु धिं नेपाल तमु ह्युला  धिं गुरुङ राष्ट्रिय परिषद तयार रहेको बताएकोछ । संयुक्त तमु युवा एकता समिती पोखराले आज पोखरामा आयोजना गरेको तमु एकता, चुनौति र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा तमु ह्युला छोंज धि गुरुङ राष्ट्रिय परिषदका महासचिव रेशम तमु र तमु धिं नेपालका महासचिव देविराज तमुले संस्थाको संस्थागत कार्यक्रमपत्र प्रस्तुत गर्दे तमु एकताका लागि आफुहरु तयार रहेको बताए ।
कार्यक्रममा तमु प्हे ल्हु संघका केन्द्रिय महासचिव तेजबहादुर च्हाक्ली तमु र बौद्ध अर्घौ सदनका सहसचिव मोतीप्रसाद तमुले कार्यपत्र प्रस्तुत गर्दै तमुहरुको सामाजिक संस्थाको एकतालाई अपरिहार्य रहेको धारणा व्यक्त गरे । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै तमु ह्युला छोंज धिंका महासविच रेशम तमुले एकताका लागि आफु जुनसुकै त्याग गर्न तयार रहेको घोषणा गर्दै युवाहरुलाई एकताको आधार तयार गर्न आग्रह गरे । तमु धिं नेपालका महसचिव देविराज तमुले आफुहरु सम्मानित एकताको पक्षमा रहेको कार्यपत्र प्रस्तुत गरे । उनले एकताबद्ध संस्थाको नाम, प्रतिनिधीत्व र भावी योजनाका बारेमा स्पष्टता आवाश्यकता रहेको बताए ।
कार्यक्रमका प्रमुख टिप्पणीकार पुर्व क्याम्पस प्रमुख, तमु अग्रज गणेशबहादुर तमुले एकता विना कुनै तमुले अधिकार प्राप्त गर्न नसक्ने भएकाले दुई केन्द्रिय संस्थाको एकता आवश्यक रहेको बताए । एकताका लागि संस्थाहरुले संकुचित हुन नहुनेमा जोड दिए । प्रस्तुत कार्यपत्रहरुमा अधिवक्ता कृष्णबहादुर तमु, अधिवक्ता जुनाकुमारी तमु, सञ्चारकर्मी भिम तमु र सञ्चारकर्मी रीता तमुले टिप्पणी गरेकाथिए । कार्यक्रममा सहभागीहरु समुहगतबाट युवन तमु, सुवेदार इमानबहादुर तमु, सुवेदार चन्द्रमणी तमु, चिजकाजी तमु, इन्द्र तमु, खुशीमान तमु र जंगबहादुर तमु लगायतले कार्यपत्र माथि टिप्पणी गर्दै तमु एकता विना तमु जातिको अधिकार प्राप्त नहुनेमा जोड दिएकाथिए ।
संयुक्त तमु युवा एकता समितिका संयोजक हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमु एकता अभियानमा आर्थिक सहयोग गर्नुभएको महानुभावहरुलाई सम्मान गरिएको थियो भने सहसंयोजक मनोज तमु, सचिव कृष्णकुमार तमु लगायतले मन्तव्य व्यक्त गरेकाथिए ।
कार्यपत्र प्रस्तोताहरु तमु ह्युला छोंज धिंका महासचिव र तमु धिं नेपालका महासचिव देविराज तमुले एकताको हात मिलाए पछि सहभागी सबैले हाते साङ्लो गरेरै कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा सहभागीहरुले तमु एकता जिन्दावाद लगायतका नारा लगाएका थिए ।

हुम तमु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %