राजनीतिक सहमति कायम गरेर मात्र संविधान सभाको म्याद थप्न सकिन्छ : केपी ओली

Read Time:1 Minute, 27 Second

काठमाडौँ, ३१ वैशाख
नेकपा (एमाले)का नेता केपी ओलीले राजनीतिक सहमतिका साथ अघि बढ्न सरकारलाई सुझाव दिएका छन्  । युवा सङ्घ नेपालको २१ औँ स्थापना दिवसको अवसरमा आयोजित दौड प्रतियोगिताको उद्घाटन गर्दै नेता ओलीले सरकारले राजनीतिक दलहरुसँग सरसल्लाह नगरिकनै एकलौटी ढङ्गले संविधानसभाको म्याद थप्न खोजेको आरोप लगाए ।

एमालेले टेलिभिजन हेरेर मात्रै म्याद थप गर्ने सरकारको निर्णय थाहा पायो, यसबारे प्रमुख प्रतिपक्षीसँग पनि कुनै सरसल्लाह गरेन, म्याद थप गर्दा पार्टी भित्र छलफल र आधिकारिक निर्णय भएन उनले भने ।

दुईतिहाइको आधारमा सरकार अघि बढ्न खोजे देशमा भिडन्तको अवस्था सिर्जना हुनेतर्पm सचेत गराउँदै नेता ओलीले कसैसँग सरसल्लाह नगरी संविधानसभाको म्याद थप्ने सरकारको निर्णय सत्तामा टिकिरहने चाल भएको धारणा राखे ।

उनले म्याद थप्नुअघि सरकारले विश्वासिलो आधार प्रस्तुत गरेर सबै दललाई सहमतिमा ल्याउनुपर्ने कुरामा जोड दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %