नेपाली कांग्रेस सभापति सुशील कोइरालाले राष्ट्रिय सहमतिको सरकार गठन हुने स्थितिमा मात्रै संविधानसभाको म्याद थप्न सकिने बताएका छन्।
कोइरालाले माओवादी इमान्दार भए ७ दिनमा शान्ति प्रक्रिया निष्कर्षमा पुगेर संविधान निर्माण हुने ठोकुवासमेत गरे।
सरकारले हिजो संविधानसभाको म्याद एक वर्ष थप्ने गरी संसद सचिवालयमा दर्ता गराएको प्रस्तावले दलहरुबीच अविश्वास र द्वन्द्वलाई झनै बढाउने दावी गर्दै सरकारले आवश्यक नभएको काम गरेको भनि टिप्पणी गरे। रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा सभापति कोइरालाले भने,अविश्वास नहटी, माओवादी जिम्मेवार नभएसम्म १० वर्ष म्याद थपे पनि शान्ति प्रक्रिया टुंगिदैन।
यस्तो अवस्थामा म्याद बढाएरमात्रै के गर्नेरु खाली ६ सय १ लाई तलबभत्ता खुवाउने कुरामात्रै हुन्छ। नेपाली कांग्रेस यो निरर्थक कुरामा सहमत छैन।