क्षेत्री समाजले आयोजना गरेको बन्दले पश्चिमाञ्चलका जिल्ला प्रभावित बनेका छन् । बन्दले उच्च माविका अन्तर्गत कक्षा १२ को परीक्षा दिदै आएका विद्यार्थी बढी प्रभावित वनेका छन् ।
वन्दले पोखरा लगायत सिद्धार्थ राजमार्गमा यातायात सञ्चालनमा आएको छैन भने बजार पूर्ण रुपमा बन्द छ । निर्धारित समयमा संविधान जारी गर्नुपर्ने, जाति, धर्म, भाषाका आधारमा राज्यको पुर्नसंरचना गर्न नपाउने, क्षत्रीलाई आदिवासी जातीमा सुचिकृत गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रनुपरेको क्षत्री समाजका केन्द्रीय महासचिव कुमार खड्काले बताए।
उनले जातीय आरक्षण खारेज गरी वर्गीय आरक्षणको व्यवस्था गर्नुपर्ने बताए। राज्यको हरेक अंग र तहमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने बताए।