म्याद थप नगरिए राष्ट्रपति शासन लागु हुने : बर्षमान पुन

Read Time:1 Minute, 36 Second

काठमाडौं, वैशाख २७

माओवादी स्थायी समिति सदस्य बर्षमान पुनले संविधानसभाको म्याद नथपिए झलनाथ खनाल नेतृत्वको सरकार अनन्तकालसम्म रहने वा राष्ट्रपति शासन लागु हुने अवस्था आउने दाबी गरेका छन् ।

नेता पुनले मिश्रित फोर्स बनाएर माओवादी लडाकुको समायोजन गर्ने विषयमा दलहरु सहमतिको नजिक पुगेको बताए । लडाकुको अलग्गै फोर्स बनाउने, नेपाली सेनाको महानिर्देशनालय अन्र्तगत रहने गरी मिश्रित फोर्स बनाउने, मिश्रित फोर्स बनाउने र अलग अलग फोर्समा समयोजन गर्ने लगायतका चार विकल्पमा छलफल भएपछि दलहरु नेपाली सेनाको महानिर्देशनालय मातहतमा रहने गरी छुट्टै फोर्स बनाउने विषयमा सहमति नजिक पुगेको र त्यसैमा सहमति हुने उनले विश्वा व्यक्त गरे ।

संविधानसभाको निर्वाचनपछि उपयुक्त ढंगले पावर सेयरिङ हुन नसक्दा शान्ति र संविधानको काम प्रभावित बनेको उल्लेख गर्दै उनले कांग्रेस पनि सरकारमा आउनुपर्ने बताए ।
नेता पुनले प्रधानमन्त्री झलनाथ खनालको राजिनामा अहिलेको समस्याको समाधान नभएको दावी गरे । उनले  संविधानसभाको म्याद थप्नुको विकल्प नरहेको समेत बताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %