वैरागीलाई मुख्य सचिव, खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस

Read Time:1 Minute, 33 Second

No description available.

काठमाण्डौं, असोज १५

सरकारले मुख्य सचिवमा शंकरदास वैरागीलाई सिफारिस गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सचिव वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । बैठकले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाको लागि राजदूतमा सिफारिस गरेको सरकारका प्रवक्ता समेत रहनुभएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । मन्त्रीपरिषद बैठकले मुख्य सचिवबाट राजीनामा दिएर स्वीकृत भएका लोकदर्शन रेग्मीलाई बेलायतको लागि राजदूतमा सिफारिस गरेको छ । 

मन्त्री ज्ञवालीका अनुसार कपिलवस्तुका डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको छ । कपिलवस्तुको बुद्धभूमि निवासी विश्वकर्मालाई सरकारले राजदूत सिफारिस गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय मानिय विश्वकर्मा तत्कालीन नेकपा एमालेको विदेश विभागमा लामो समय सदस्य भएर काम गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %