नेपालमा कोरोना जित्नेको संख्या ५१ हजार नाघ्यो, ४ सय ५९ ले ज्यान गुमाए

Read Time:1 Minute, 14 Second

No description available.

पाल्पा, असोज ९

नेपालमा कोरोना जित्नेको संख्या ५१ हजार नाघेको छ । गएको २४ घण्टामा एक हजार चार सय ५५ जना निको भएर घर फर्किएसँगै कोरोना जित्नेको संख्या ५१ हजार आठ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । गएको २४ घण्टामा एक हजार तीन सय १३ जनामा सङ्क्रमण पुष्टि संगै संक्रमितको संख्या बढेको हो ।

मन्त्रालयका अनुसार १८ हजार दुई सय ८९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । ६ हजार चार सय ६४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमण बाट नेपालमा ४ सय ५९ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या थपिएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %