संविधन सभाको म्याद थप गरे प्रधानमन्त्रीले राजीनामा दिनु पर्दछ : ओली

Read Time:1 Minute, 38 Second

काठमाडौं, वैशाख २६
एमाले स्थायी समिति सदस्य केपी ओलीले संविधान सभाको म्याद सकिनु अगावै राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने उल्लेख गर्दै त्यसका लागि प्रधानमन्त्री झलनाथ खनालले पद छोड्नुपर्ने बताएका छन् ।

प्रेस चौतारीले राजधानीमा  आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता ओलीले प्रधानमन्त्री खनाल राष्ट्रिय सहमतिको बाधक भएको धारणा राखे । ुराष्ट्रिय सहमतिका लागि कुर्सी खाली गरेर, राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्छु उनले भने, एउटा व्यक्तिलाई हेरेर देश जहाँ गए पनि जाओस् भन्न सकिदैन ।

ओलीले खनालको कार्यशैलीप्रति बीब्र असन्तुष्टी जनाउँदै प्रधानमन्त्री खनालले राष्ट्रिय सहमति भाँडेको बताए । ओलीले पार्टी निर्णय विपरीत गृहमन्त्रालय दिएको बिषयमा आपत्ति जनाउँदै यो बिषयमा हिसाबकिताब गरिने बताए । प्रधानमन्त्रीको हैसियतमा गृहमन्त्रालय दिएको बिषयलाई पार्टीले कारबाही गर्न सक्दैनु ओलीले भने, तर एउटा एमालेको कार्यकर्ताले अध्यक्ष पनि कार्यकर्ता नै हुन् पार्टीका नीति उलंघन गरेर अघि बढेकोमा भने कारवाही हुन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %