नेपालमा कोरोना संक्रमणको संख्या ५० हजार नाघ्यो, ३ सय १७ ले ज्यान गुमाए

Read Time:1 Minute, 5 Second

No description available.

काठमाण्डौं, भाद्र २५

नेपालमा कोरोना संक्रमणको संख्या ५० हजार नाघेको छ । ज्यान गुमाउनेको संख्या ३ सय १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सङ्क्रमितको संख्या ५० हजार चार सय ४६ पुगेको हो । गएको २४ घण्टामा एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार आठ सय १८ जना कोरोना सङ्क्रमित सन्चो भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ३५ हजार सात सय पुगेको छ । नेपालमा १४ हजार चार सय ४८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन् ।

पाँच हजार आठ सय ६ जना क्वरेण्टीनमा रहेका छन् । यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %