हङकङका लागि महावाणिज्यदूत बनेर उदय रानामगर जाँदै

Read Time:1 Minute, 31 Second

No description available.

देब पचभैया 

काठमाण्डौं, भाद्र १४ 

हङकङमा महावाणिज्यदूत बनेर उदय रानामगर जाने हुनुभएको छ ।

नेपाल सरकारले हङकङ र मकाउका लागि पहिलो पटक जनजाति समुदायका सहसचिव उदयबहादुर रानामगरलाई महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेपछि मगर हङकङ जाने हुनुभएको हो । आइतबार बेलुकी सम्पन्न मन्त्रिपरिषद बैठकले रानालाई हङकङको महावाणिज्यदूत पठाउने निर्णय गरेको हो ।

रानामगर हङकङमा जनजाति समुदायको पहिलो महावाणिज्यदूत बन्नु भएको हो । मन्त्रिपरिषद बैठकले नवराज ढकाललाई ल्हासाको महावाणिज्यदूतका रुपमा पठाउने पनि निर्णय गरेको जनाइएको छ । हङकङमा स्थायी रुपमा बसोबास गर्ने करिब ४० हजार नेपालीमध्ये ९० प्रतिशतभन्दा बढी आदिवासी जनजातिहरु रहेका छन् ।

बेलायती सैनिकमा भर्ती हुँदा हङकङमा बसेका मगर, गुरुङ, राई, लिम्बु समुदायका परिवारका सदस्य अहिले हङकङमा स्थायी रुपमा बसोबास गर्दै आएका हुन् । रानामगर गुल्मी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, झापा र काभ्रेको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसक्नुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %