दाङ, वैशाख २५
नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले अहिलेकैसंबिधानसभाको म्याद थप्न नसकिने बताएका छन् । आइतवार बिहान घोराहीमा बोल्दै उनले शान्ति प्रक्रियामा कुनै प्रगति नभइ अहिलेकै अबस्थामा म्याद थप्न नहुने बिचार व्यक्त गरेकका हुन् ।
माओवादीले पटक पटक धोका दिएकाले लडाकु समायोजनको काम अघि नबढ्दासम्म म्याद थप्न नदिने उनले बताए । कोइरालाले शान्ति र संबिधानको सुनिश्चितता नभएको अबस्थामा म्याद थप्नुको कुनै अर्थ नहुने धारणा राखे ।
उनले जेठ १४ भित्र शान्ति प्रकृया टुंग्याउन दलहरु सहमत भए संविधान निर्माणका लागि काँग्रेस तयार रहेको वताए । शान्तिविना संविधान वन्न नसक्ने उल्लेख गर्दै उनले विस्तृत शान्ति सम्झौता अनुसार माओवादी लडाकु समायोजन, कव्जा गरिएका सम्पति फिर्ता र अहिलेसम्म भएका सहमति तत्काल कार्यान्वयन भए काँग्रेस संविधानसभाको म्याद थप्न तयार रहने पनि जानकारी दिए ।
शान्ति प्रकृयालाई व्यवास्ता गरेर संविधासभाको म्याद थपे ६ वर्षसम्म पनि संविधान वन्न नसक्ने कोइरालाको दावी थियो ।
यसैगरी काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एमाले र माओवादीबीचको सात बुँदे सम्झौताले दलहरुमा असमझदारी बढाउने काम गरेको बताए । उनले एमालेको द्वैध चरित्र र माओवादीको छलकपटका कारण देशमा परिवर्तनलाई संस्थागत गर्न कठिन भैरहेको बताए । माओवादीले हतियार मोह नत्याग्दासम्म उसँग मिलेर काम गर्न नसकिने बिचार पौडेलले व्यक्त गरे ।