कोरोना बाट ज्यान गुमाउनेको संख्या १८९ पुग्यो, एकै दिन१,१,११ संक्रमित

Read Time:1 Minute, 7 Second

काठमाण्डौं, भाद्र ११

नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या १ सय ८९ पुगेको छ । गएको २४ घण्टामा मात्रै कोरोना संक्रमणबाट ९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, धनुषा र पर्सामा एकएक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ५ महिला र चार पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या ३५ हजार ५सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ संक्रमित थपिएका हुन् । १२ हजार ६२९ नमुना परीक्षण गरिएकोमा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ । काठमाडौं उपत्यकामा मात्र ३ सय ७७ संक्रमित थपिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %