कोरोना संक्रमित २७ हजार नाघे, १०७ को ज्यान गयो

Read Time:1 Minute, 19 Second

काठमाण्डौं, भाद्र १

नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ५२० जनामा नमुना परीक्षण गर्दा काठमाण्डौं उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १०७ जनाको ज्यान गएको छ । १७ हजार ४ सय ९५ जना निको भएर घर फकिएको मन्त्रालयले जनाएको छ । देशभर ९ हजार ६३९ जना संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये ६ जना भेल्टिलेटर र ११३ जना आईसीयूमा रहेका छन् । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५९ र प्रदेश २ मा ४१ जना संक्रमित आईसीयूमा छन् । प्रदेश १ र गण्डकी प्रदेशमा एकएक जना र प्रदेश ५ मा ११ जना संक्रमित आईसीयूमा रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %