बिहिवार देखि बुटवलमा भदौ ५ सम्म लकडाउन

Read Time:1 Minute, 10 Second

हुम बहादुर थापा पचभैया 

बुटवल, साउन २८
बिहिवार देखि लागु हुने गरि बुटवलमा भाद्र ५ सम्म लकडाउन हुने भएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको वैठकले साउन २९ गते बिहिवार राति पौने १२ देखि भदौ ५ गते राति पौने १२ सम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनका बेला उपमहानगर तथा सबै वडा बाट हुने अत्यावश्यकिय बाहेकका सबै सार्वजनिक सेवा बन्द हुने छन् ।

लकडाउन अवधिमा सार्वजनिक, निजी तथा सरकारी सवारीका साधन समेत अत्यावश्यक काममा बाहेक सञ्चालन गर्न रोक लगाइएको छ ।  खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्ममात्रै र दूध डेरीहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुल्न पाउने जनाइएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %