नेपालमा कोरोनावाट ज्यान गुमाउनेको संख्या ६३ पुग्यो

Read Time:1 Minute, 26 Second

काठमाण्डौं, साउन २१

नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ । बुधबार एकै दिन ५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार कोरोना बाट ज्यान गुमाउनेमा पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा एक जना रहेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन सय ८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल संख्या २१ हजार तीन सय ९० पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा थप एक सय ३० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या १५ हजार एक सय ५६ पुगेको छ । अहिले ६ हजार एक सय ७४ जना आइसोलेसनमा रहेका छन् भने नौ हजार नौ सय २५ जना क्वरेण्टीनमा छन् । अहिलेसम्म चार लाख १२ हजार नौ सय ५३ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %