नेपालमा कोरोना बाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

Read Time:1 Minute, 1 Second

No description available.

काठमाण्डौं,साउन १६, 

नेपालमा कोरोना बाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट चारजनाले ज्यान गुमाएका छन् । उनीहरु चारै जना पर्साको वीरगञ्जका रहेको स्वास्थ्य जना जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय पर्सा वीरगञ्ज श्रीपुरका ५६ वर्षीय पुरुष, पर्सा वीरगञ्ज १६ का ३५ वर्षीय पुरुष, वीरगञ्ज २ का ६५ वर्षीय पुरुष र पर्साको वीरगञ्ज ११ घर भएर ललितपुरमा बस्ने ६५ वर्षीया महिलाको ज्यान गएको मन्त्रालयले पुष्टि गरेको हो । नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । संक्रमितमध्ये १४ हजार ३ सय ९९ जना उपचारपछि घर फर्किएका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %