
देब पचभैया मगर
काठमाण्डौं, श्रावण ९
नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै एक सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये १२ हजार नौ सय ४७ जना निको भएर घर फर्किएका छन् । अहिले प्रदेश एकमा एक सय ४६, प्रदेश दुईमा एक हजार नौ सय एक, वाग्मती प्रदेशमा चार सय ३९, गण्डकी प्रदेशमा तीन सय ३१, ५ नम्बर प्रदेशमा तीन सय ५४, कर्णाली प्रदेशमा तीन सय १५ र सुदूरपश्चिम प्रदेशमा एक हजार आठ सय ९७ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।
