हट्यो लकडाउन (के खुल्ने के नखुल्ने ? )

Read Time:2 Minute, 17 Second

No description available.

काठमाण्डौं, श्रावण ६ 

कोरोना संक्रमणको जोखिम कम गर्न गरिएको लकडाउन हटेको छ । गएको चैत ११ गतेदेखि सुरु भएको लकडाउन मङ्गलबार रातिदेखि हटाउने सरकारले निर्णय गरेको हो । कोरोनाको जोखिम कायमै रहे पनि सङ्क्रमणको दर घटेकाले लकडाउन हटाइएको नेपाल सरकारले स्पष्ट पारेको छ । लकडाउन खुले पनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने सरकारले जनाएको छ । मङ्गलबार रातिदेखि लकडाउन खुला गर्ने निर्णय गरेको सरकारले शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थल, ट्युसन सेन्टर, सिनेमा हल, डान्स बार, सैलुन, ब्युटी पार्लर, स्विमिङ पुललगायतका क्षेत्र भने अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने जनाएको छ । विद्यार्थी भर्ना र परीक्षाफल प्रकाशनका काम भने भदौ १ गतेबाट गर्न सकिने सरकारले निर्णय गरेको छ ।
सरकारले साउन १५ गतेबाट होटल, रेस्टुरेन्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । तर सेमिनार र भेला भने गर्न पाइने छैन ।

भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन आग्रह गरिएको छ । साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाकामा आवत जावत बन्द गरिएको छ । स्वदेश आउनै पर्ने नागरिकहरुको हकमा तोकिएका सीमा बिन्दुबाट आउन पाइने तर लुकीछिपी आएको खण्डमा कानुनअनुसार कारबाही हुने जनाइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %