विदेशी पेन्सनरलाई सामाजिक सुरक्षा भत्ता कटौती

Read Time:1 Minute, 35 Second

No description available.

पाल्पा, असार २९ ,

विदेशी पेन्सनरलाई सामाजिक सुरक्षा भत्ता कटौती गर्ने सरकारले निर्णय गरेपछि सर्वत्र विरोध भएको छ । यही असार १७ गते नेपाल सरकारले निर्णय गरी कार्यान्वयनको लागि स्थानीय तहहरूलाई निर्देशन दिएको भन्दै पूर्वसैनिक संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका छन् । सरकारले यो निर्णयले खास गरी गोर्खा भूपूसैनिकहरू प्रति राज्यले अनागरिक सरहको व्यवहार गरेको राष्ट्रिय पूर्वसैनिक संगठनका अध्यक्ष क्याप्टेन भिम बहादुर रानाले आरोप लगाउनुभयो ।
गोर्खा भूपूसैनिकले विदेशमा गरेको सेवा र कर्म वापत राज्यले ठूलो रेमिटेन्स प्राप्त गरेको भन्दै अध्यक्ष रानाले भूपूहरुले प्राप्त गर्ने सुविधाप्रति नेपाल सरकारको कुदृष्टि आफुहरुलाई सह्य नहुने चेतावनी दिनुभयो । सरकारको यो निर्णय तत्काल खारेज हुनुपर्नेमा जोड दिँदै नेपाल मगर भूपू सैनिक प्रहरी संघका अध्यक्ष हुम बहादुर थापा (पचभैया) ले नेपाली नागरिक माथि सरकारले विभेद गर्न नमिल्ने बताउनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %