काठमाडौं , वैशाख २४
माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले प्रेस र अभिव्यक्ति स्वतन्त्रताप्रति आफ्नो दल प्रतिवद्ध रहेको दोहोर्यााएका छन् । उनले प्रेस स्वतन्त्रताप्रति माओवादीको सम्मान रहेको बताए ।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पार्टी कार्यालयमा सम्मान गर्दै भट्टराईले प्रेस स्वतन्त्रता विरुद्ध कुनै प्रकारको सम्झौता हुन नसक्ने उल्लेख गरे ।
उनले भने, प्रेस स्वतन्त्रताप्रति माओवादीको सम्मान छ । यदा कदा पार्टीका केही व्यक्तिबाट त्यस विरुद्धका घटनाहरु भएका छन् । उनले पार्टीको जुन सुकै तहका व्यक्ति, जतिसुकै शक्तिशाली भएपनि प्रेस विरुद्धको कार्यमा लागे कारवाही गरिने पार्टीको नीति रहेको बताए ।