नेपालमा कोरोना संक्रमित २४३ पुगे

Read Time:1 Minute, 1 Second

 

 

 

 

काठमाण्डौं, बैशाख ३१ 

नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार एकै दिन २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार संक्रमित पुष्टि भएकाहरुमा रुपन्देहीका १२ जना, कपिलबस्तुका ८ जना, पर्साका ३ जनामा र नवलपरासीका एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंको प्रयोगशालामा उनीहरुको परिक्षण गरिएको हो । संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %