
काठमाण्डौं, बैशाख २७,
नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ । शनिबार उदयपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या बढेको हो । प्रदेश १ को मुख्यमन्त्री कार्यालयका अनुसार उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको हो । संक्रमित मध्ये अहिले सम्म ३१ जना उपचार पछि ठिक भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
