नेपालमा कोरोना संक्रमित १ सय २ पुगे

Read Time:1 Minute, 22 Second

काठमाण्डौं, बैशाख २६,

नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । नेपालगञ्जको भेरी अस्पतालमा भएको परीक्षणमा १६ वर्षिय किशोरमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १ सय २ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित हुनेमा ७४ जना पुरुष र २८ जना माहिला छन् । रुपन्देहीमा ३ जना, नेपालगञ्जमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा २६ जना र विराटनगरमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना, र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये २७ जना सन्चो भएर घर फर्किएका छन् भने ३ जनामा फेरी कोरोना पोजेटिभ देखिएपछि अस्पताल उपचार गराइरहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %