
काठमाण्डौं, बैशाख २५ ,
नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । बिहिबार बेलुकी कपिलबस्तु माया देबीका दुई यूवामा कोरोना संक्रमणको पुष्टि भए संगै संक्रमितको संख्या १ सय १ पुगेको हो । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा कपिलबस्तु नगरपालिका ८, का १६ वर्ष र २२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । एक साता अघि भारतको बम्बई बाट लुकेर घर फर्किएका उनीहरुमा संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको छ ।
