जेठ ५ सम्म लकडाउन, अन्तर्राष्ट्रिय उठान जेठ १८ सम्म बन्द

Read Time:1 Minute, 15 Second

देब पचभैया 

काठमाण्डौं, बैशाख २४ 

लकडाउन जेठ ५ सम्म लम्बिएको छ । यस अघि घोषणा भएको लकडाउन २५ बैशाखमा सकिने भएपछि बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई जेठ ५ सम्म पुर्याएको हो । विश्वभर आतंक फैलाएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन गरेको थियो । लकडाउन भएको ढेड महिना भएपछि धेरै क्षेत्रमा यसले असर गरेको भन्दै रातो, पहेलो र हरियो क्षेत्रका आधारमा जिल्ला छुट्याएर लकडाउन खुकुलो बनाउने चर्चा चलेपनि सरकारले लकडाउनलाई नै निरन्तरता दिएको हो । मन्त्रिपरिषद बैठकमा भारतमा संक्रमणको अवस्था जोखिम पुर्ण भएकाले त्यसले नेपालमा पार्न सक्ने असर र नेपालमा भैरहेको कोरोना परिक्षणको दायर बढाउने बिषयमा समेत छलफल भएको बताइएको छ । बैठकले अन्र्तराष्ट्रिय उडान र सीमा नाका जेठ १८ सम्म बन्द गर्ने निर्णय गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %