चीनबाट ल्याइएका नेपाली १६ दिन पछि घर फर्किए

Read Time:1 Minute, 5 Second

काठमाण्डौं, फागुन २०, 

चीन बाट उद्धार गरेर ल्याइएका १७५ नेपालीहरु १६ दिन पछि घर फर्किएका छन् । स्वास्थ्यमा राम्रो रिपोर्ट आएपछि क्वारेन्टाइनमा रहेकाहरु आफ्नो घर फर्किएका हुन् । क्वारेन्टाइनमा बसेको १४औँ दिनमा गरेको नाक र घाँटीको स्वाबको परीक्षणमा कसैमा पनि कोरोनाको सङ्क्रमण नभएपछि घर फर्काएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चीनको बुहानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्याहा रहेका १७५ जना नेपालीहरुलाई गएको ४ गते जहार पठाएर उद्धार गरी सरकारले नेपाल ल्याएको थियो । भक्तपुर, खरिपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्रमा निर्माण गरिएको क्वारेन्टाइनमा उनीहरुलाइ राखिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %