मगर दिवसका अवसरमा पाल्पाका ६ स्थानीय तह द्धारा सार्वजनिक विदा

Read Time:1 Minute, 41 Second

पाल्पा, फागुन १३ , 

फागुन १५ गतेको मगर स्थापना दिवसको अवसरमा पाल्पाका ६ स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् । रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्बखोला गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउँ गाउँपालिका र बगनासकाली गाउँपालिकाले बिज्ञप्ती निकालेर ३८ औ मगर स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जनाएका हुन् । पाल्पामा ५२ प्रतिशत भन्दा धेरै मगरहरुको बसोबास छ ।
निस्दी गाउँपालिकामा ८७ प्रतिशत, पूर्बखोला गाउँपालिकामा ८४ प्रतिशत, माथागढी गाउँपालिकामा ७५, तिनाउँ गाउँपालिकामा ६० प्रतिशत मगरहरुको बासोबास रहेको छ । २०३९ साल फागनु १५ गते नेपाल लाङ्घाली परिवार संघको प्रथम अधिबेशन सम्पन्न भएको संझनामा मगर शमुदायले मगर दिवसको रुपमा मनाउन शुरु गरेका हुन् । नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगरले फागनु १५ को मगर स्थापना दिवसको अवसरमा सबै जिल्लाको जिल्ला मगर संघ , नगर र गाउपालिका स्तरीय मगर संघ संगै विदेशमा रहेको मगर संग आवद्ध संघ संस्थाहरुले समेत मगर स्थापना दिवसका अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %