५ नम्बर प्रदेशको नाम लुथम राख्न माग गर्दे मुख्य मन्त्रीलाई ज्ञापन पत्र

Read Time:1 Minute, 22 Second

रुपन्देही, फागुन १३, 

राष्ट्रिय जनमुक्ति पार्टीले प्रदेश नम्बर ५ को नाम लुम्बिनी थरुहट मगरात राख्न माग गरेको छ । मुख्य मन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाउँदै सो पार्टीले प्रदेशको स्थायी राजधानी बौद्ध परिपथ क्षेत्रभित्र राख्न र प्रदेशमा बोलिने सबै मातृभाषाहरुलाई प्रादेशिक भाषाको रुपमा घोषण गर्न माग समेत गरेको छ ।  

ज्ञापन पत्र बुझाउँदै पार्टीका उपमहासचिव टोप अस्लामी मगरले प्रदेशको नामाकरण लुम्बिनी थरुहट मगरात राख्दा सबैलाई न्याय हुने भन्दै उहाले पहिचानको मुद्धामा बर्षौको अनुभव र अभ्यास जनमुक्तिले गरेकाले आफ्नो पार्टीले उठाएका मागलाई गंभिरताका साथ ग्रहण गर्न आग्रह गर्नुभयो । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको नाम र राजधानी सबैलाई चित बुझने गरी हुने प्रतिक्रिया   दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %