कृष्ण बहादुर महरालाई सफाई

Read Time:1 Minute, 26 Second

काठमाण्डौं, फागुन ५ , 

पूर्वसभामुख कृष्णबहादुर महराले अदालत बाट सफाई पाउनुभएको छ । जबरजस्ती करणी मुद्दाको आरोप लागेका महराले सफाइ पाएसंगै डिल्लीबजार कारागारबाट छुटेर सोमबार बेलुकी नै निजि निवास पुग्नुभएको छ । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।

प्रहरीले महरालाई गएको असोज १९ गते पक्राउ गरेको थियो । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती बलात्कार गरेको अभियोगमा महरा पुर्पक्षका लागि थुनामा रहनुभएको थियो । महराविरुद्ध गएको कात्तिक १४ गते मुद्दा परेको थियो । महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे दुई वर्ष गरी साढे सात वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो । अदातलबाट सफाई पाएर रिहा भएसंगै महराले देशको स्वाधिनताको रक्षाका लागी सधै सक्रिय हुने बताउनुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %