कास्की मगर भूपूको भेलाले सु.बल बहादुरलाई चुन्यो !

Read Time:2 Minute, 16 Second

राज्यसत्ता,
कास्की,माघ १७ गते – नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ कास्कीको दोष्रो साधारणसभा तथा प्रथम अधिवेसन सम्पन्न भएको छ ।

नेपाल मगर संघका केन्द्रिय सदस्य एबं गण्डकीप्रदेश ईन्चार्ज खेम बहादुर पूनमगरको प्रमुख आतिथ्य रहेको अधिवेसनमा नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रिय सदस्य एबं गण्डकीप्रदेश ईन्चाज सु. चन्द्र बहादुर मरसांगी मगर र नेपाल मगर संघ कास्की जिल्ला अध्यक्ष संगीता पून मगर बिषेस अतिथि हुनुहुन्थ्यो ।


कार्यक्रमका सभापति एबं संघका अध्यक्षनेपाल प्रहरीका पूर्ब प्रहरी निरिक्षक चन्द्र प्रकाश थापा मगरको अध्यक्षतामा जिल्ला सदस्य जिवन कुमार थापा मगरले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

खेम बहादुर पून मगर संयोजक ,सु. चन्द्र बहादुर मरसांगी थापामगर र संगीता पूनमगर सदस्य रहेको निर्बाचन समितिले ११ जनाको समिति निबार्चित गरेको छ ।

अध्यक्षमा सु. बल बहादुर थापामगर चयन हुनु भएकोछ  ।

उपाध्यक्षमा  देउकुमारी थापामगर,
सचिब सु. गोबिन्द फगामी मगर,
सहसचिब टेक बहादुर थापा मगर र
कोषाध्यक्षमा धन बहादुर थापामगर र्र्नििबरोध निर्बाचित हुनुभएको छ ।
अन्य सदस्यहरुमा सु. टक बहादुर बुढाथोकी मगर , सु.घन बहादुर राना मगर , सु. खुम बहादुर थापामगर ,लोक बहादुर थापा मगर , निरु थापा मगर र मिना थापा मगर सदस्यमा निर्बाचित हुनुभएको छ ।
नवनिर्बाचित समितिको पहिलो बैठकले प्रतेक ईकाइ समिति बाट एक एक सदस्यर सल्हाकार मनोनित गर्ने निर्णय समेत गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %