राज्यसत्ता,
बुटवल , माघ १४ नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघ जिल्ला समिति रुपन्देहीको प्रथम अधिवेसन सम्पन्न भएको छ ।
अधिवेसनले सु.तोल प्रशाद राना मगरको अध्यक्षतामा ४ जना पछि थपगर्ने गरी ११ सदस्यि नयां कार्यसमिति निर्माण गरेको छ । उपाध्यक्षमा सु. रुम बहादुर फौजा मगर र सचिबमा सु. निरञ्जन थापामगर चयन हुनु भएको छ ।
नेपाल मगर संघ केन्द्रिय समितिका सदस्य गीता सारु मगरको प्रमुख आतिथ्यमा ,नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघ केन्द्रिय समितिका सदस्य सु.गमबहादुर पुन मगर र ५ नं. प्रदेशका प्रमुख सु. लाल माने पुन मगर बिसेष अतिथि हुनुहुन्थ्यो । त्यस्तै ५ नं. प्रदेशका कोषाध्यक्ष सु. लुम बहादुर थापा मगर र नेपाल मगर संघ नगर अध्यक्ष थर्क बाह्घरे मगर लगाएतका मानुभावहरु अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रमको अध्यक्षता संघका जिल्ला अध्यक्ष सु.मेजर ज्ञान बहादुर सलामी मगर,स्वागत मन्तब्य सु. तोल प्रशाद राना मगर र जिल्ला सदस्य सु. रुम बहादुर फौजा मगरले कार्यक्रम संचालन गर्नु भएको थियो ।
