मगरको माघे सकराटी टुँडिखेलमा

Read Time:1 Minute, 33 Second

 मगर समुदायले विगतझैँ यस वर्ष पनि माघे सकराति काठमाडौंको टुँडिखेलमा मनाउने भएका छन् ।

नेपाल मगर संघका अनुसार यस वर्ष माघे सकराति दुई दिनसम्म मनाइनेछ । २० हजारभन्दा धेरै सहभागी हुने भनिएको पर्व उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने छन् । पर्वभर टुँडिखेलमा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमायालगायतका सांस्कृतिक नाच प्रदर्शन हुनेछ ।

स्टलहरूमा भने गिठ्ठा, भ्याकुर, पिँडालु, तरुल, रोटीलगायत मगर जातिका मौलिक खाद्यपरिकार राखिनेछन् । पर्वभर टुँडिखेलमा धनुबाँण खेल समेत प्रदर्शन हुनेछ । मगर समुदायको मुख्य पर्व मानिएको माघे सकरातिमा मगर समुदायको बसोबास रहेको क्षेत्रमा सरकारले समेत सार्वजनिक बिदा घोषणा गरिसकेको छ ।

संघका अध्यक्ष नवीन रोकाले भने, ‘मगर संघले टुँडिखेलमा माघे सकराति माने पनि मुलुकभरका मगरले ७७ वटै जिल्लामा मनाउने छन् । यसका लागि प्रदेश तथा स्थानीय सरकारले बिदाको व्यवस्थासमेत गरेको छ । यस्तै बिदा अन्य समुदायको पर्वमा पनि सरकार दिनु पर्छ ।’-नयाँ पत्रिका। 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %