राज्यसत्ता,
ललितपुर,पुस २६ गते – नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ ललितपुर जिल्ला समितिको प्रथम अधिवेसनले अध्यक्षमा सु. रोमन बहादुर राना मगरलाई चयन गरेको छ । अधिवेसनले तिन जना पछि थप गर्ने गरि १५ जनाको जिल्ला समिति निर्माण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा मगरले दियोमा बत्ति बालेर अधिवेसनको उद्धधाटन गरेका थिए । अधिवेसनको उद्धधाटन गर्दै मगरले संघको उदेश्य ,संघले गरेका कृयाकलाप , संघको बिगत र बर्तमान साथै संघको भावी योजनाका बारेमा प्रस्ट आफ्नो धारणा राखेका थिए ।
विसेश अतिथिमा नेपाल मगर संघका पूर्ब अध्यक्ष तथा संघका बरिष्ठ सल्लाहकार क्या. यम बहादुर बुढाथोकी मगर र अतिथिहरुमा नेपाली सेनाका अवकास प्राप्त ले.क. झमान सिंह थापा मगर,नेपाल प्रहरीका अवकास प्राप्त एस.पी. ललित बहादुर श्रीस मगर, भारतिय सेनाका अवकास प्राप्त ले.क. बोधबिक्रम थापा मगर , बेलायती सेनाका अवकास प्राप्त मेजर बालकृष्ण राना मगर , नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ प्रदेस नं. ३ का अध्यक्ष क्या. लाल बहादुर थापा मगर , नेपाल मगर संघ ललितपुर जिल्ला समितिका अध्यक्ष कृष्ण गोपाल थापा मगर र नेपाल मगर महिला संघ ललितपुर जिल्ला समितिका अध्यक्ष चादनी राना मगरले अधिवेसनको सफल्ताको शुभकामना दिनु भएको थियो । 
कार्यक्रमका अध्यक्षता संघका अध्यक्ष सु.रोमन बहादुर राना मगरले गर्नु भएको थियो भने सञ्चालन संघका सचिव क्या.निल बहादुर हितान मगरले गर्नु भएको थियो ।
क्या. यम बहादुर बुढाथोकी मगर संयोजक रहेको तिन सदसिय निर्वाचन समितिमा नेपाल मगर संघ केन्द्रिय समितिका पूर्ब कोषाध्यक्ष क्या. कुल प्रशाद पुन मगर र भूतपूर्ब सैनिक संघका कोषध्यक्ष प्रेम बहादुर पुन मगर सदस्य रहेको समितिले निर्वाचन प्रक्रिया पुरा गर्नु भएको थियो ।
