“मलाई थाहा छ – वुद्ध र लुम्बिनी” बिषयक बक्तृत्व प्रतियोगिताका सबै बिजयी छात्रा

Read Time:4 Minute, 47 Second

प्रभा श्रेष्ठ

दधिकोकोट, सिर्जना नगर, भक्तपुर: लुम्बिनी-कपिलवस्तु विस्व अभियानको ११ औं बार्षिकीको अबसरमा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा दधिकोकोट, सिर्जना नगर, भक्तपुरस्थित मोर्डन बोर्डिङ हाइयर सेकेण्डरी स्कूलमा “मलाई थाहा छ – वुद्ध र लुम्बिनी” बिषयमा आयोजना गरिएको बक्तृत्व प्रतियोगिताका बहुसंख्यक सहभागी छात्रा मात्रै नभएर प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने सबै छात्रा नै भएका छन ।

श्रेष्ठले समस्याको जरो भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा नै विस्व शान्तिका प्रतिक वुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी भएकोले वुद्धको जन्मस्थल बिषयमा भएको विस्वब्यापी दिग्भ्रम निस्तेज कार्य यही समस्या समाधान बिना सम्भब नहुने बताउँदै अभियानद्धारा प्राप्त गरिएका राष्ट्रिय अन्तराष्ट्रिय महत्व राख्ने उपलब्धीका फेयरिस्त पेश गरेका थिए ।

लगातार १२६ घण्टा नाचेर १८ बर्षको उमेरमा गिनिज बुकमा रेकर्ड कायम गरेर भारतले राखेको रेकर्ड तोड्ने युबती सुश्री बन्दना नेपाल लुम्बिनी-कपिलवस्तु विस्व अभियानको सांस्कृतिक दूतको रुपमा नियुक्ति पाउनु आफ्नो जीवनकै महत्वपूर्ण र खुशीको कुरा भएको बताउँदै बादबिबाद गर्नै नपर्ने यस्तो निर्बिबाद बिषयमा नेपालीलाई बाध्यताबश यस्तो कुरामा समय खर्च गर्न वाध्य बनाइनु दु:खद भएको बताए । शताब्दी पुरुष सत्य मोहन जोशीलाई अभियानले सम्मन गर्दा उहाँलाई यो प्रमाणपत्र प्रदान गरिनुपर्नेमा सो समयमा नेपाल नेपाल बाहिर रहनु भएकोले नियुक्तिको प्रमाणपत्र अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले उक्त कार्यक्रममा प्रदान गरेका थिए ।

कार्यक्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित प्रश्नोत्तर कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विस्व अभियान नेपाल संयोजक, गोर्खापत्रका पूर्व संपादक एबं लुम्बिनी विस्वबिद्यालयका पहिलो रजिस्टार केदार शाक्यले सोधिएका प्रश्नको जबाफ दिएका थिए ।

मोर्डन बोर्डिङ हाइयर सेकेण्डरी स्कूलका प्राचार्य अनिल कस्पलले राष्ट्रिय अन्तराष्ट्रिय महत्व राख्ने यस्तो महत्वपूर्ण बिषयमा कार्यक्रमा आयोजना गर्न पाएकोमा गर्वान्वित भएको बताए ।

प्रा महेन्द्र रत्न शाक्य, डा सुष्मा बज्राचार्य र हरि मुस्यानको निर्णयक मण्डलद्धारा प्रतियोगितामा सहभागीहरुमध्येबाट उपासिका श्रेष्ठ, सुमिरा श्रेष्ठ र सुस्मिता चौलागाइंले क्रमश: ७१, ६४.५ र ६४ प्राप्त गरेर प्रथम, द्धितिय र तृतिय भएको घोषणा गरिएपछि बिजेताहरुलाई विस्व संयोजक श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए । उपासिका श्रेष्ठ र सम्भवी चापागाइंद्धारा सन्चालित उक्त कार्यक्रममा निर्णयक मण्डलका सदस्यहरु र कार्यक्रम आयोजना गर्ने मोर्डन बोर्डिङ हाइयर सेकेण्डरी स्कूललाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।    

कार्यक्रमको शुरुमा १२ बर्षिय बाल गायक अधिश्री कस्पलले वुद्धसम्बन्धी गीत गाएका थिए जस्ले गत महिना मात्रै आफ्नो एल्बम बिमोचन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %