पौष १० मा लाग्ने सूर्य ग्रहणको विशेष असर

Read Time:1 Minute, 49 Second

ज्योतिष दीपक सुवेदी

यही वि.सं. २०७६ पौष १० गते तदनुसार ई.सन २०१९ डिसेम्बर २६ तारिक बिहीवारका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने ज्योतिषी दीपक सुवेदीले बताएका छन् । नेपाली समय अनुसार विहान ०८ः४२ बजे देखि ११ः३१ बजे सम्म जम्मा २ घण्टा ४९ मिनटको हुने सो ग्रहणको असरहरुको बारेमा प्रकाश पार्दै ज्यो. सुवेदीले यतिबेलाको ग्रहणको बढी असर हुनसक्ने बताएका हुन् । सो कुरा ज्योतिषीले फोरकास्ट टेलिभिजन, यूट्युब च्यालनलमा पनि बताएका छन् ।

यसै पनि ग्रहण संक्रमणकारक हुन्छ । यसै पनि सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ । साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरित फलको भय हुने ज्यो. सुवेदीको भनाई छ ।

ग्रहण लाग्दा के गर्न हुन्छ र के गर्न हुन्न भन्ने बारे समाजमा व्याप्त मान्यताको बारेमा पनि वैज्ञानिक विश्लेषण दिएका छन् भने ज्यो. सुवेदीले ग्रहण कसरी लाग्छ भन्ने विषयमा ज्योतिष विज्ञान र आधुनिक विज्ञान दुवै लजिकको तुलनात्मक चर्चा पनि गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %