संविधान सभाको म्याद थप्नेबारे काँग्रेसले छिट्टै निर्णय गर्दछ : रामचन्द्र पौड्याल

Read Time:1 Minute, 18 Second

भीमफेदी, २१ वैशाख
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एनेकपा (माओवादी)ले आफ्नो बोली, व्यवहार एवम् कार्य सम्पादनमा फरक ढङ्गबाट प्रस्तृत हुने गरेकाले शान्ति प्रक्रियालाई व्यवस्थापन गरी नयाँ संविधान जारी गर्नेतर्फ समस्या उत्पन्न गरेको बताएका छन्  ।

नेपाली काँग्रेस मकवानपुरद्वारा हेटाँैडामा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै उपसभापति पौडेलले मुलुकमा शान्तिको लागि सैन्य शिविरको व्यवस्थापन गराई नयाँ संविधान घोषणा गराउन काँग्रेस क्रियाशील रहेको वताए  ।

नेता पौडेलले आज जनताको चाहना मुलुकमा दिगो शान्तिको स्थापना साथै संसदीय प्रजातान्त्रिक स्वतन्त्रतालाई शुद्धीकरण गर्नुरहेको छ भने  । आगामी जेठ १४ गते संविधानसभाको म्याद थप गर्ने वा नगर्ने विषयमा नेपाली काँग्रेसको बैठकले छिटै निर्णय गर्ने उनले वताए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %