माओवादीद्वारा सात मन्त्री र चार राज्यमन्त्री चयन, गृह नपाएपछि शान्ति मन्त्री पुनद्वारा राजीनामा

Read Time:1 Minute, 57 Second

काठमाडौं, वैशाख २१

विवादले मन्त्री छान्न नसकेको माओवादीले बुधबार आफ्नो भागमा परेका सात मन्त्री र चार राज्यमन्त्री चयन गरेको छ  ।

महराले अब उपप्रधानसहित गृह मन्त्रालय पाएका छन् ।  गृह मन्त्रालय नपाएपछि  शान्ति मन्त्री वर्षमान पुनले पदबाट राजीनामा दिएका छन् । गृहमन्त्रीका रुपमा चर्चामा रहेका उनले सो पद नपाएपछि राजीनामा दिएको स्रोतले बताएको छ ।

अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्रालयसमेत पाउनेगरी उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा मन्त्री छानेका छन् । केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी र पदाधिकारीले अध्यक्ष दाहाललाई मन्त्री छान्ने जिम्मा दिएका थियो । उनले सम्हाल्दै आएको सञ्चार मन्त्रालयको जिम्मा अग्निप्रसाद सापकोटालाई दिइएको छ ।

यसैगरी स्वास्थ्य मन्त्रीमा शक्ति बस्नेत, शान्ति मन्त्रीमा विश्वनाथ शाह, महिला बालबालिकामा तथा समाज कल्याण मन्त्रीमा जयपुरी घर्ति मगरको नाम तय गरिएको छ । राम चन्द्र चौधरीलाई भूमिसुधार, उधोगमन्त्रीमा महेन्द्र पासवान र युवा तथा खेलकुद मन्त्रीमा हितमान तामाङ चयन गरिएको छ ।
माओवादीले धर्मशिला चापागाईं, हरिव्दुलाह खाँन, धु्रव कुमार लिम्बु र देवी खड्कालाई राज्यमन्त्री छानेको छ । माओवादीले यसअघि चार मन्त्री पठाएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %