अर्घाखाँची–पोखरा सम्पर्क समाजको १३औं साधारणसभा सम्पन्न

Read Time:3 Minute, 7 Second

रूद्र बहादुर श्रीस मगर

पोखरा, १ वैशाख

अर्घाखाँची–पोखरा सम्पर्क समाजको १३औं साधारण सभा तथा नयाँ वर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार आयोजित कार्यक्रममा समाजद्वारा प्रकाशित नयाँ वर्ष २०७६को भित्ते पात्रो समेत विमोचन गरिएको हो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले जहाँ जस्तो अवस्थामा रहेपनि आफ्नो जन्मभूमि प्रतिको कर्तव्य भुल्न नहुने भनाइ राखेका थिए । आफ्नो पुर्ख्याैली भूमिको विकासका लागि जुनै ठाउँमा जुनै पेशा, व्यवसायमा भएपनि आफ्नो ठाउँबाट जुट्नुपर्ने भन्दै प्रदेश प्रमुख कुँवरले सामाजिक भावनाका साथ एक आपसमा सुख, दुःख साटासाट गर्न यस्ता समाज उपयोगी हुने धारणा व्यक्त गरेका थिए ।

पूर्व उपप्रधान तथा ऊर्जा मन्त्री एवं संघीय सांसद् टोप बहादुर रायमाझी “अनिल”ले नयाँ वर्षले नयाँ एजेण्डाका साथ देशलाई अघि बढाउने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका थिए । अर्घाखाँची बासी र अर्घाखाँची जिल्लाको समग्र विकास र समृद्धिका लागि जुनसुकै विचार एवं राजनीतिमा आस्था राख्ने भएपनि एकजुट भएर विकासमा लाग्नुपर्ने रायमाझीको भनाइ रहेको थियो ।

सोहि अवसरमा प्रदेश नं. ५ का प्रदेश सांसद् द्वय निर्मला क्षेत्री र जालपा भुसाल, शीतगंगा नगरपालिका अर्घाखाँचीका प्रमुख सूर्य प्रसाद अधिकारी, छत्रदेव गाउँपालिका अर्घाखाँचीका अध्यक्ष लेखनाथ पोखरेल, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेष नारायण पौडेल, समाजका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद पाण्डे, सल्लाहकार गुणानिधी पाण्डे, ज्ञानहरि आचार्य लगायतले बोलेका थिए । कार्यक्रममा अर्घाखाँचीका कलाकारहरू मधु सूदन बञ्जाडे, पुरुषोत्तम पौडेल र कृष्ण सापकोटाले सांगीतिक प्रस्तुती गरेका थिए भने एसके डान्स स्कुलका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।

समाजका अध्यक्ष लीला बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव राम प्रसाद पौडेल र प्रथम उपाध्यक्ष चेतनारायण पाण्डेले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %